विवाहमा १८ हजार बालबालिकालाई खाना खुवाउँदै तमिल सुपरस्टार नयनतारा

तमिलनाडु -तमिल फिल्मकी सुपरस्टार नयनताराले बिहीबार प्रेमी भिग्नेस सिवनसँग विवाह गर्दैछिन् । महाबलीपुरम्मा हुने उनको विवाहमा बलिउडबाट शाहरुख खान पनि निम्त्याइएका छिन् । तर समाजबाट लिन मात्र होइन समाजलाई दिन पनि पर्छ भन्ने मान्यता राख्ने नयनतारा र भिग्नेशको जोडीले विवाहकै दिन तमिलनाडुको विभिन्न ठाउँमा रहेका १८ हजार बालबालिकालाई खाना खुवाउने चाँजोपाँजो मिलाएका छन् । यता विवाह भइरहँदा बालबालिकालाई उनीहरूकै ठाउँमा भोजनको व्यवस्था गरिएको छ ।
निर्देशक तथा गीतकार भिग्नेश र नयनताराको भेट सन् २०१५ मा एउटा फिल्मको सुटिङका क्रममा भएको थियो । ७ वर्ष डेट गरेपछि बल्ल उनीहरूले विवाह गर्ने निर्णय गरेका हुन् । नयनतारा र भिग्नेशले ‘राउडी पिक्चर्स’नाममा प्रडक्सन कम्पनी पनि खोलेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया