सरकारलाई हृदयेश त्रिपाठीको प्रश्न–थारु र मधेशीलाई हेर्ने नजर कहिले परिवर्तन हुन्छ ?
काठमाडौं–सांसद हृदयेश त्रिपाठीले सरकारलाई थारु र मधेशीलाई प्रहरी प्रशासनले हेर्ने दृष्टिकोण कहिले परिवर्तन हुन्छ भनि प्रश्न गरेका छन् । उनले संसदको बिहीबारकाे बैठकमा बर्दियामा घटनाबारे बोल्दै यस्तो प्रश्न गरेका हुन् ।
‘बर्दियामा बाघको आक्रमणबाट बच्न खोज्दा पुलिस रुपी राक्षसको आक्रमणबाट मृत्यु भयो,’ उनले भने, ‘हाम्रा पुलिस प्रशासनले थारु र मधेशीलाई हेर्ने वित्तिकै गोली नै हान्नु पर्ने जुन प्रवृत्ति छ । यो घृणा कहिले अन्त्य हुने ? यस्तै प्रति घृणा अर्को तर्फ हुन थाल्यो भने हामी कहाँ पुगिने हो ? यो साह्रै चिन्ताको विषय छ ।’
बर्दियामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यही क्रममा प्रहरीको गोली लागि नविना थारुको मृत्यु भएको थियो ।
उनले लाल आयोगको प्रतिवेदनमा पुलिसको ज्यादतीको फेहरिस्त भएकाले त्यो सार्वजनिक हुन नसकेको समेत बताए ।
उनले घुमुवा प्रहरीलाई हटाउन समेत सरकार समक्ष माग गरे । ‘यो घुमुवा भन्ने प्रहरी व्यवस्था गरेको रहेछ,’ उनले भने, ‘कुन वैज्ञानिकले गरेको हो । यिनले भष्टाचारकालागि विचौलिया र दलालको काम गर्दो रहेछन् । प्रमुख आइजीपीलाई भन्न चाहान्छु त्यसलाई हटाइदिनु पर्यो।’

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

प्रतिक्रिया