‘झिंगेदाउ’ मा कम्मर मर्काउँदै केकी र आँचल

काठमाडौँ- भदौ ३१ मा प्रदर्शन हुने घोषणा गरेको फिल्म ‘झिंगे दाउ’ले बाँकी रहेको गीतको सुटिङ गरेको छ । गीतको ललितपुरस्थित श्रीकाली चौरमा सुटिङ गरिएको हो । दुई दिन लगाएर सक्ने भनिएको गीत पानी परेर डिस्टर्ब भएपछि तीन दिन लगाएर खिच्न लागिएको हो । निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार बिहीबार गीतको सुटिङ सकिनेछ ।
ज्ञानेन्द्र देउजाका अनुसार एक गीत बाहेकको छायांकन कोरोना महामारी अगाडि नै सकिएको थियो । निर्देशक देउजाले गीतबाहेकको पोष्ट–प्रोडक्सनको काम पनि सकाइ सकेका छन् । बुधबार सिनेमाको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षाका कारण सिनेमाको छायांकन बिहीबार अर्थात् आजमात्रै सकिने भएको छ । निर्देशक देउजाले एउटा गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताए ।
सिनेमाको कथाको मागअनुसार सम्झौता नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भएको उनको भनाइ थियो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाए । केही दिनमा सिनेमाको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ ।
सिनेमामा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । गीतमा सिनेमाका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । गीतमा नाचिरहेका कलाकारले गीत निकै मीठो भएको हुँदा भिडियोमा पनि सोहीअनुसार मेहनत गरिरहेको सुनाए । ‘ए माया तिमीविना जीवन चल्दैन’ बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारको स्वर छ ।
कपनगढी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमा भिमनिधि तिवारीको कथा ’झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । सिनेमामा सुलभ, समीक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया