जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न सांसद लामाको माग
काठमाडौं - नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गरिएको हो
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् ।
‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरू जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

प्रतिक्रिया