विशिष्ट फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष

काठमाडौँ - नेपाल सरकारले विशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै सोेही पत्रअनुसार फिल्मकर्मीका लागि भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको हो ।
चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो ।
चलचित्र विकास बोर्डले विभिन्न समयमा गरी अहिलेसम्म ४४ जना फिल्मकर्मीलाई योगदानको आधारमा विशिष्ट चलचित्रकर्मी परिचय बाँडेको छ । तर सरकारले नै यसरी बाँडेको परिचयपत्रको खास उपादेयता नदेखिएको भन्दै आलोचना भएको थियो । सरकारबाट पाउने अन्य सुविधासहित विमानस्थलमा पनि भीआईपी कक्ष प्रयोग गर्न पाउनुपर्ने चलचित्रकर्मीको माग रहँदै आएको थियो । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।
अभिनेता शिव श्रेष्ठले सरकारको यो निर्णयको स्वागत गरेका छन् । उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई व्यक्तिगत रुपमा धन्यवाद दिँदै आफूहरू माग सम्बोधन भएकोमा फिल्मकर्मी पनि बधाइको हकदार भएको बताएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया