महंगो मूल्यमा नेटफ्लिक्सले किन्यो डेनियल क्रेगको ‘नाइभ्स आउट’ सिक्वेल

लसएन्जल्स : डेनियल क्रेग अभिनीत ‘नाइभ्स आउट’का दुई सिक्वेल नेटफ्लिक्सले महंगो मूल्यमा खरिद गरेको छ । भेराइटीका अनुसार ‘नाइभ्स आउट’को दोस्रो र तेस्रो भागका लागि नेटफ्लिक्सलाई ४५ करोड अमेरिकी डलर तिरेर प्रदर्शन अधिकार लिएको हो ।
सन् २०१९ मा प्रदर्शन भएको रियाल जोन्सन निर्देशित यो फिल्म बक्स अफिसमा खुबै रुचाइएको थियो । जोन्सन मौलिक पटकथाका लागि अस्करमा पनि मनोनयनमा परेका थिए ।४ करोड डलर बजेटमा बनेको फिल्मले विश्वभरिबाट ३ अर्ब डलरभन्दा बढी कमाइ गरेको थियो ।
हत्या रहस्यको वरिपरि घुमेको फिल्ममा एना डे आम्र्स र क्रिस प्याटको पनि अभिनय रहेको थियो । नेटफ्लिक्सले रियालसँग गरेको सम्झौतालाई अहिलेसम्मकै ठूलो सम्झौता मानिएको छ । विश्वमा चौतर्फी प्रतिस्पर्धा खेपिरहेको नेटफ्लिक्सले प्रतिस्पर्धामा टिकिरहन यति महंगो रकम तिरेको बताइएको छ ।
पछिल्ला दिनमा नेटफ्लिक्सलाई एचबीओ म्याक्स, डेज्नी प्लस, एप्पल टीभी प्लसले टक्कर दिइरहेका छन् । अझ एचबीओले बार्नरब्रोजका फिल्म हलमा रिलिज भएको केही दिन पछि नै यता रिलिज गर्ने गरी सम्झौता गरेपछि हलसँगै अन्य प्रतिस्पर्धी स्ट्रिमिङ साइट पनि आत्तिएका छन् ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया