जिसस बागलुङको प्रमुखमा गठबन्धनका अमर थापा सर्वसम्मत

बागलुङ - जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा अमर थापा चयन भएका छन् । थापासहित उपप्रमुखमा होमनाथ शर्मा र सदस्य पदमा गठबन्धनका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म सत्ता गठबन्धनका उम्मेदवारबाहेक कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख र उपप्रमुखसहित नौ जना सदस्य सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत गङ्गाधर सापकोटाले बनाए ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका थापा र नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका शर्मासहित जिल्ला समन्वय समितिमा चार दलको सहभागिता छ । सदस्यमा महिला सदस्य नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी हरिकला पौडेल, एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।
अल्पसङ्ख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसबाट उम्मेदवार कौशीला विक निर्वाचित हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसको तर्फबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनका प्रक्रिया पूरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए । बागलुङमा एउटामात्रै प्रमुख जितेको नेकपा एमालेले कुनै पनि पदमा उम्मेदवारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरूका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका हुन् । रासस

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

प्रतिक्रिया