सडक भासिएको स्थानबाट कार खस्यो, एक जनाको मृत्यु

पोखरा- पृथ्वी राजमार्गको आँबुखैरेनीमा भाँसिएको सडकमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा सडक भासिएको ठाउँबाट कार खसेको र एक जनाको शव भेटिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका सई बासुदेव थापाले जानकारी दिए ।
शुक्रबार बिहान ४:३० बजे उक्त कार दुर्घटनामा परेको र त्यसअघि नै राति सडक भासिएको उनले बताए । कारमा कति जना सवार थिए थाहा नभएको र घटनास्थलमा एक शव भेटिएको उनले बताए । कार पहिरोले पुरिएकाले नम्बर थाहा हुन नसकेको उनले जनाए । उक्त स्थानमा अहिले उद्दार कार्य चलिरहेको उनले बताए ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया