दाहालको पुनरावलोकनसम्बन्धी निवेदन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ : सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनरावेदनका लागि दर्ता गरेको रिटलाई प्रक्रियागत सुनुवाइमा पठाउन (निस्सा दिन) अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले निस्सा दिन अस्वीकार गरेको हो । यससँगै अब एमाले र माओवादी केन्द्र वैधानिक रूपमै विभाजित भएका छन् ।
दाहालले अदालतका स्थापित नजिर र सिद्धान्तको प्रतिकूल नेकपा एकीकरणका सवालमा आदेश दिएको जिकीरसहित बुधबार पुनरावलोकन निवेदन दिएका थिए ।
कानुन र संविधानबमोजिम एकीकरण भर्ई विपक्षीको हकदैयाभन्दा बाहिर अदालतले आदेश दिनुलाई ‘गम्भीर त्रुटि’ दाबीसहित पुनरावलोकनका निम्ति दाहाल अदालत गएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एकीकरण हुँदै नेकपा बनेको थियो । निर्वाचन आयोगमा पनि २०७५ जेठ २३ मा नेकपा नाममा पार्टी दर्ता भएको थियो ।
पछि ऋषिराम कट्टेलले त्यो पार्टी आफ्नो नाममा भएको जिकीरसहित दिएको निवेदनमा फैसला गर्ने क्रममा सर्वोच्च अदालतले एमाले–माओवादी केन्द्र एकीरण अस्वीकृत गर्दै पूर्वावस्थामा पुर्याएको थियो ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया