असार १ देखि डिस होमसँगै डिजिटल प्लेटफर्ममा ‘चिसो एष्ट्रे’

काठमाडौँ - अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म ‘चिसो एष्ट्रे’ले डिजिटल प्लेटफर्ममा प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आउँदो असार १ देखि डिसहोमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन हुने भएको छ ।
चैत्र ४ गते प्रदर्शनमा आएको फिल्मले हलमा ठीकै मात्र व्यापार गरे पनि समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । खासगरि फिल्मले प्राविधिक पक्षमा तारिफ पाएको थियो । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित फिल्मलाई दिन्स पाल्पालीले निर्देशन गरेका थिए ।
लेखनसहित उनैको रहेको फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल आदि कलाकारको अभिनय रहेको थियो । महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रविन स्याङबो र सुष्मिता पराजुलीले निर्माण गरेका थिए । सुजन खतिवडा, रुपेश ढुंगाना र नविन ढुंगानाको सह(निर्माणमा बनेको फिल्मलाई उज्वल बस्ताकोटीले छायाँकन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया