चन्दा चौधरीले गृहमन्त्रीलाई संसद्मा सोधिन- आफूमाथि दुर्व्यवहार गर्नेलाई कारबाही प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्री बालकृष्ण खाँणसँग जवाफ मागेकी छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमामाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन् ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र उनीहरुले स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले बताइन् ।
वृद्धा आमाथि दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी हुन् ।
२७ वर्षदेखि आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै पत्तोपत्तो नरहेको बताइन् ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया