भुवन र सञ्चिताले उद्घाटन गरे नीलडेविडको नयाँ सलुन

काठमाडौँ- नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा नयाँ सलुन उद्घाटन गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवालले संयुक्त रुपमा उक्त सलुन उद्घाटन गरेका थिए ।
नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेकी श्रीमती मेनुका काफ्लेले नीलडेविड्स सलुनको नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन् । सलुन उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेता गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नीलडेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिँदै यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल भएको धारणा राखेका थिए ।
राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नैपर्ने उनको धारणा थियो । अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहेकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलुनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समारोहमा हेयर स्टाइलिष्ट नीलडेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेविड्स सलुनले डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिब एक सय वटा शाखा विस्तार गर्न सफल भएकोमा सबै सहयोगीलाई धन्यवाद दिएका थिए ।
हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलुनमा हेयर तथा मेकअप सम्बन्धी सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले बताइन् । समारोहमा नीलडेविड्स सलुनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने घोषणा गरियो ।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया