‘करण जौहर, आदित्य चोपडा भागे, म आमा हुँ, भाग्दिन ’

मुम्बई : फिल्मका सामाग्री सेयर गर्नेबाहेक जब कंगना रनावत सामाजिक सञ्जालमा आउँछिन्, कसै न कसैको सातो खान नै आउँछिन् । यसरी हेर्दै जाँदा बलिउडमा उनको गाली खान बाँकी कोही छैन । अझ करण जौहर त कंगनाको फेवरेट भइहाले ।
बिहीबार बिहानै कंगनाले करण जौहरलाई व्यंग्य गर्दै ट्वीटरमा स्ट्याटस लेखिन् । तर, यो ट्वीटमा करणलाई गाली त थियो नै सँगै सूचना पनि थियो । सूचना यो कि पछिल्लो समय भारतमा कोरोनाका बिरामी बढ्न थालेसँगै सरकारले भिडभाड नियन्त्रणमा सक्रियता देखाउन थालेको छ ।
फिल्मको ठूलो बजार मानिने महाराष्ट्रमा ८ बजेपछि मनोरञ्जनका साधन बन्द गर्ने आदेश लागु भइसकेको छ । यसको असर रिलिजको तयारीमा रहेका फिल्म सर्न थालेका छन् । अप्रिलमा रिलिज गर्ने गरी मिति पनि घोषणा गरेको यशराज फिल्मस्को ‘बन्टी और बब्ली २’ निर्धारित मितिमा रिलिज नहुने घोषणा गरेर सरिसकेको छ ।
अरु फिल्म पनि सर्न खुट्टा उचालेर बसेको समाचार आइरहेका छन् । तर, अप्रिल २३ मा प्रदर्शन मिति घोषणा गरेको कंगना रनावतको ‘थलाइभी’ भने निर्धारित मितिमै रिलिज हुने भएको छ । कंगनाले बिहीबार बिहानै ट्वीट गर्दै यो जानकारी दिएकी हुन् । यही क्रममा उनले आदित्य चोपडा र करण जौहरलाई भगौडाको आरोप पनि लगाएकी हुन् ।
‘उनीहरूले मलाई यो उद्योगबाट हटाउन केही गर्न बाँकी राखेनन् । मेराविरुद्ध गुटबन्दी गरे, मेरो मानमर्दन गरे तर आज बलिउडका यी ठेकदार आदित्य चोपडा र करण जौहर लुके । ठूला हिरो पनि लुके ,’उनले लेखेकी छिन् , ‘तर कंगना र उनको टिम बलिउडको रक्षाका लागि सय करोडको फिल्म लिएर आउँदैछ । आमा आखिर आमा नै हुन् ।’ उ
नले आफूलाई बलिउडको रक्षक र आमा भन्दै फिल्म निर्धारित मितिमै रिलिज गर्ने बताएकी छिन् । फिल्मको गीत शुक्रबार रिलिज हुँदैछ ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया