मह जोडीको ‘महापुरुष’ असार पहिलो सातादेखि फ्लोरमा

काठमाडौँ - जेठ २९ गते फ्लोरमा जाने तयारी गरिरहेको मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने ‘महापुरुष’को सुटिङ एक हप्ता पर सरेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईले तयारी नपुगेकोले असारको पहिलो हप्ताबाट सुटिङ गर्ने तयारी भइरहेको जानकारी गराए ।
मह जोडीसँगै राजाराम पौडेल र गौरी मल्लको पनि प्रमुख भूमिका रहने फिल्ममा नयाँ कलाकारले पनि अभिनय गर्न गइरहेको निर्देशक भट्टराईले जानकारी गराए । उनले यो पटक हिरो हिरोइनको रुपमा नयाँ कलाकारलाई लिएर काम गर्न लागेको र उनीहरूलाई केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गराए ।
‘हामीले हिरो हिरोइनको रुपमा यो पालि नयाँ कलाकारलाई डेब्यू गराउँदैछौँ । उनीहरूको ड्रेस बनिरहेको छ । केही दिनमै फोटोसुट गरेर सार्वजनिक गर्छौँ,’ उनले भने । यो फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा सिनेमामा डेब्यू गर्दैछन् ।
निर्देशक भट्टराईले चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहने जानकारी गराए । दिपेश खत्री निर्माता र रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा अरुण क्षेत्रीको पनि अभिनय रहनेछ । प्रदीपले यसअघि ‘जात्रा’का दुई भाग र ‘शत्रुगते’को निर्देशन गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया