चुडाल र सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संघीय संसदको संसदीय सुनुवाइ समितिको चैत्र ४ गतेको बैठकको निर्णय अनुसार न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पस्ट आधार खोली समिति समक्ष १० दिन भित्र उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना जारी गरेको थियो ।
यो अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताए । समितिको आज (बिहीबार)को बैठकले उजुरीहरू खोली समिति सदस्यहरूलाई वितरण गरेको छ । यस्तै प्रस्तावित न्यायाधीशहरूबाट प्राप्त कार्ययोजनाको प्रतिलिपिसमेत समिति सदस्यहरूलाई वितरण गरेको छ ।
बैठकले यही चैत्र २२ गते उजुरीकर्तालाई बोलाई छलफल गर्ने र चैत्र २५ गते प्रस्तावित न्यायाधीशहरूलाई बोलाई सुनुवाइ गर्ने निर्णयसमेत गरेको छ । न्यायपरिषद्ले उच्च अदालत, पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरूको नियुक्ती सर्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया