विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्यो

हेटौंडाः बागमती प्रदेशले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ । प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डमार्फत बस खरिद गरिने भएको हो । चालू आर्थिक वर्षमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदको लागि बुधबार अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान भएकोे छ ।
काठमाडौं, भरतपुर र हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेशन राख्ने तयारी भएको बोर्डका उपनिर्देशक रविन्द्र महर्जनले बताए । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर चार्जिङ स्टेशनको निर्माण कार्य अघि बढेको उनले जानकारी दिए ।
यसअघि बोर्डको कार्यकारी निर्देशक र उपनिर्देशकको नियुक्ति नहुँदा प्रदेशले खरिद प्रक्रिया अघि बढाउन सकेको थिएन् । गएको फागुनमा बोर्डको निर्देशकमा जगदिशचन्द ढुंगाना र उपनिर्देशकमा रवीन्द्र महर्जन र श्याम सुन्दर सापकोटालाई प्रदेश सरकारले नियुक्ति गरेको थियो ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया