भ्रष्टाचारका अभियुक्त बने प्रधानाध्यापक र सहायक प्रधानाध्यापक

काठमाडौं - विद्यालय भवन निर्माणमा आफूखुसी खर्च गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै रामेछाप दोरम्बास्थित कण्ठेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक र सहायक प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।
आयोगले तत्कालीन प्रधानाध्यापक रामबाबु कँडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कँडेलले १२ लाख ८४ हजार १ सय २२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।
आयोगका अनुसन्धान अनुसार, तिनले विद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च भएको देखाउँदै व्यक्तिगत लाभ लिएका छन् । त्यसअतिरिक्त विद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यकरूपमा खर्च गरेको भेटिएको छ । आयोगले बिगो बमोजिम जरिवाना र कैद सजायको दाबी गरेको छ ।
त्यसरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको र विद्यालय कोषको नियमन गर्न नसकेको जिकिरसहित ‘मतियार’का रुपमा भ्रष्टाचारको अभियोग लगाएको छ । अध्यक्ष थापामगरविरुद्ध पनि प्रधानाध्याक र सहायक प्रधानाध्यापक सरहकै बिगो दाबी आयोगले लिएको छ । सरकारी वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कार्यको मतियार भएको अभियोगसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया