मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौँ- समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिका-३ मा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीेले गरेका छन्।
उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि रमेशजंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भालेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईँ, प्रदेश-१ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, मिडियाकर्मी तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।
त्यस क्षेत्रका सेवाग्राहीहरूले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरू सजिलैसँग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
सात लाख भन्दा बढी ग्राहकहरूलाई १ सय १५ शाखाहरू मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरू स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९७ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया