क्यानेडियन गायक जस्टिन बिबरलाई पक्षाघात

क्यानेडियन गायक जस्टिन बिबरलाई पक्षाघात भएको छ । २८ वर्षीय गायकले इन्स्टा लाइभमा आफैँले आफूलाई ‘रामसे हंट सिन्ड्रोम’को शिकार भएको जानकारी दिएका हुन् । यही रोगका कारण उनले टोरन्टो र डीसीमा हुने कन्सर्ट रद्द गर्नुपरेको पनि बताएका छन् ।
उनले तीन मिनेट लामो भिडियोमा आँखा झिम्काउन पनि नभएको बताएका छन् । ‘म एकातिरको आँखा झिम्काउन पनि सक्दिन र एकातिरको भाग नचल्दा हाँस्न पनि सक्दिन । नाक पनि चलाउन मिल्दैन । यसरी मेरो एकापटिको केही पनि नचल्ने भएको छ,’उनले सेयर गरेको भिडियोमा भनेका छन् ।
उनले सो क्यान्सिल गर्नुपरेकोमा दुःख लागेको बताउँदै प्रशंसकलाई धैर्य गर्न आग्रह गरेका छन् । उनले आफूले केही दिन आराम गर्ने र ठीक भएपछि कन्सर्टमा फर्कने वाचा पनि गरेका छन् । सानो उमेरमै गायनमा जमेका जस्टिनका संसारभर करोडौँ फ्यान छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया