धनगढीको होटलमा एक पुरुष मृत फेला, मृतकका आफन्त आन्दोलित

धनगढी : धनगढीको सनराइज होटलमा एक पुरुष मृत फेला परेपछि आफन्त आन्दोलित भएका छन् । प्रहरीले घटनामा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै मृतक तिलक भण्डारीका आफन्तले ट्राफिक चौराहामा सडक अवरुद्ध पार्दै सवारी साधन बन्द गरेका हुन् ।
सोही क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार राति होटलमा बसेका बेला धनगढी उपमहानगरपालिका-१७ धुरजन्नाका भण्डारी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी दुई दिनदेखि होटलमै बसिरहेका थिए । प्रहरीले घटनाको अनुसन्धानका लागि होटलमा कार्यरत एक युवतीलाई गएराति नै नियन्त्रणमा लिएको छ । तर मृतकका आफन्तले आफूहरूको सहमती विपरीत जबरजस्ती प्रहरीले होटलबाट शव उठाएको आरोप लगाएका छन् ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_DTZM3KPMyD_dktu6zgpw11qd5mzmtouc938uelubw7tnglzqrgau9pinzzsfqszlw2m2ve8.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया