‘कृष्ण लीला’ पनि चैत २७ मा रिलिज नहुने

काठमाडौं : धेरैले अनुमान गरेझैं ‘कृष्ण लीला’ ले पनि अन्तिम समयमा आएर प्रदर्शनको मैदान छाडेको छ । चैत २७ मा प्रदर्शन हुने गरी ट्रेलर सार्वजनिक गरेको फिल्म अन्ततः निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।
बिहीबार निर्माता रोहित कट्टेलले एउटा सूचना जारी गर्दै फिल्म अब नयाँ मितिमा प्रदर्शन हुने जनाएका हुन् । ‘हाल बढ्दै गइरहेको कोभिड १९को असरका कारण हामी चलचित्र प्रदर्शन असमर्थ भएका छौं । स्थिति सामान्य भएपछि नयाँ मितिसहित सिनेमाघरमा उपस्थित हुन्छौं,’ रोहितद्धारा जारी सूचनामा भनिएको छ ।
यसअघि नै चैत २७ मा आउने घोषणा गरेका दुई फिल्म पनि कोभिड १९ कै कारण देखाउँदै सरेका थिए । ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ ले केही दिनअघि मात्र सो मितिमा प्रदर्शन नआउने घोषणा गरिसकेका छन् । अब चैत २७ मा राजबहादुर साने निर्देशित ‘गुड फ्रेन्ड’ मात्र मैदानमा रहेको छ ।
दुई गीत सार्वजनिक गरिसकेको ‘कृष्ण लीला’ लकडाउन पछि खिचिएको फिल्म हो । फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा आदि कलाकारको अभिनय रहेको छ ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया