दिप्रुङ चुइचुम्मामा राईको गीत पालिका गानका लागि छनोट

खोटाङ- गोपालचन्द्र राईले लेखेको गीत खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पालिका गानका लागि छनोटमा भएको छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार बनेका राईले लेखेको ‘वीरहरूका सन्तान हामी हिम्मतिलो नेपाली, बहुल जाती बहुल भाषी दिप्रङ चुइचुम्माली’ बोलको रचना पालिका गानका लागि छनोटमा परेको हो ।
पालिका गानका लागि गाउँपालिकाले आह्वान गरेको सूचना अनुसार १० वटा रचना प्राप्त भएकोमा छनोट समितिले गोपालचन्द्रको गीतलाई उत्कृष्ट रचनाका रुपमा मूल्यांकन गरेको हो ।
प्रथम स्थान प्राप्त रचनालाई पालिका गान बनाउने गरी गाउँपालिकाले २० जेठमा पालिका गान लेखनसम्बन्धी सूचना प्रकाशित गर्दै रचना माग गरेको थियो । गाउँपालिकाको १९ जेठमा बसेको गाउँ कार्यापालिकाको बैठकले पालिका गान निर्माण गर्ने निर्णय गरेको थियो ।
गाउँपालिकाले शनिबार सूचना जारी गर्दै पालिका गानका प्रतियोगीमध्ये सुवास पराजुली दोस्रो र ओमसरा राई तेस्रो भएको जानकारी दिएको छ ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया