बालेनलाई भेटेपछि कार्यपालिका बैठकमा वडाअध्यक्ष रिजालले भने- फुटपाथका व्यापारीबाट राजस्व उठाउनुपर्छ

काठमाडौँ- सडकपेटीमा व्यापार गर्नेहरूबाट राजस्व उठाउनुपर्ने काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजालले बताएका छन् । आइतबार कार्यपालिका बैठकमा उनले फुटपाथ व्यापारीबाट राजस्व संकलन गर्नुपर्ने माग गरेका हुन् ।
त्यस्तै खानेपानी तथा ढल व्यवस्थापनका लागि उनले सरकारसँग रकम माग गर्नुपर्ने धारणा राखेका छन् । उनले प्रश्न गर्दे भने, ' ढल व्यवस्थापनको काम महानगरले गर्ने तर, खर्च महानगरले किन नपाउने?'
फोहोर व्यवस्थापनका लागि काठमाडौँ महानगरलगायत अन्य स्थानीय तहले पनि उत्तिकै योगदान गर्नुपर्ने उनले बताए ।
अघिल्लो कार्यपालिका बैठकमा आक्रोशित रिजाल यसपटकको बैठकमा नरम बनेर प्रस्तुती दिएका छन् । हिजो मात्र मेयर बालेन्द्र शाहले रिजालको घरमा गएर भेटघाट गरेका थिए ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया