‘मिरर’मा दोहोरिँदै आर्यन र उपासनाको जोडी, वैशाखको पहिलो साता सुटिङ

काठमाडौं : अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको जोडी दोस्रो पटक पर्दामा देखिने भएको छ । यसअघि ‘डिसेम्बर फल्स’मा सँगै काम गरेका आर्यन र उपासना नृत्य निर्देशक कविराज गहतराजको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’मा सँगै काम गर्न लागेका हुन् । फिल्मको हाल प्रिप्रडक्सनको काम भइरहेको छ ।
बिहीबार मात्र फिल्मको स्क्रिप्ट रिडिङ सेसन भएको थियो । लाजिम्पाटको सम्पदा गार्डेनमा भएको स्क्रिप्ड रिडिङमा फिल्मका मुख्य कलाकार उपस्थित थिए । आर्यनले सबै कलाकार सम्मिलित तस्बिर राख्दै अबको प्रोजेक्ट ‘मिरर’ भएको बताएका छन् ।
फिल्ममा सलोन बस्नेत, प्रशान्त ताम्राकार र रियर राई पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । कविराजले फिल्मको सुटिङ वैशाखको १० गतेबाट गर्ने तयारी गरिरहेको इकागजलाई जानकारी गराए । हिजोआजबाट सुटिङमा जाने तयारी रहे पनि २७ गतेसम्म उपासनाको परीक्षा रहेकाले सुटिङ थाँती रहेको थियो ।
त्योबाहेक वैशाख ७ सम्म शुक्र अस्त रहेकाले त्यो सकिएपछि मात्र सुटिङमा जाने कविराजको कथन थियो । लागु पदार्थ दुव्र्यसनको कथा वरिपरि केन्द्रित फिल्मलाई सुदीप बरालले खिच्नेछन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया