त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइको टेण्डर प्रक्रिया अगाडि नबढाउन सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई टेण्डर प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । तिलिप्रसाद श्रेष्ठको एकल इजलासले विमानस्थललाई टेण्डर प्रक्रिया सम्बन्धि अन्तरिम जारी गर्ने वा नगर्ने विषयमा निर्णय सम्बन्धित पक्षलाई जवाफ सहित गर्न बोलाएको छ ।
अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिको तर्फबाट अधिवक्ता सतिशकृष्ण खरेल, शंकर सुवेदी र राधेश्याम घिमिरेले बहस गरेका थिए । विमानस्थलले गत वैशाख १३ गते टेण्डर आव्हान गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन प्राधिकरणलाई जारी गरेको आदेशमा १५ दिनभित्रमा के कस्तो भएको हो र निवेदकको तर्फबाट आदेश जारी किन नहुनुपर्ने हो भन्दै १५ दिनमा महान्याधिवक्ता कार्यालयमार्फत जवाफ पेश गर्न उल्लेख गरिएको छ ।
सार्वजनिक खरिद नियमावलीको अनुसार २०६४ को नियम ३१ ङ (१) २०७८ चैत ३ गते भएको एघारौ संशोधन २०७८ समेत मा ऐनको दफा ११ को उपदफा २ बमोजिम एक चरणको खुला बोलपत्र आव्हान गर्दा दुई करोड रुपैयाँ भन्दा बढी र तीन अरब रुपैयाँसम्मको लागत अनुमान भएको निर्माण कार्यको खरिदमा ऐनको दफा १५ को अवस्थामा बाहेक राष्ट्रिय स्तरको खुला बोलपत्रको माध्यमद्वारा स्वदेशी बोलपत्र दाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने कानूनी प्रावधान छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया