सांसद पाण्डेको प्रश्न – संसदबाट नगरिकता विद्ययेक कहिले पारित हुन्छ ?
काठमाडौं–नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारलाई नागरिकता विद्ययेक कहिले पारित हुन्छ भनेर प्रश्न गरेकी छिन् । आइतबार संसद् बैठकको शून्य समयमा बोल्दै उनले सरकारलाई प्रश्न गरेकी हुन् ।
‘नागरिकता विहीन नागरिकहरू नागरिकता विद्ययेक पारित भयो भन्ने समाचारको प्रतिक्षामा छन्,’ उनले भनिन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर आएको उक्त विद्ययेकको प्रतिवेदन २ वर्षदेखि संसद्मा रहेको छ । सदनबाट कहिले पारित हुन्छ ?’
सांसद पाण्डेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सन्दर्भमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदनबारे पनि प्रश्न उठाएकी छिन् ।
‘संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सन्दर्भमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवदेन प्रधानमन्त्री मार्फत संघीय संसदमा पेश गर्ने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘संसद्को सिंगाे कार्यकालको अन्तिम अधिवेशनमा आउँदा समेत ती प्रतिवेदनहरू पास नहुनुले सरकार र समितिको भूमिकाप्रति प्रश्न उठेको छ । यी दुवै प्रतिवेदनहरू सदनको यस कार्यकालमा प्राप्त गर्न पाइन्छ कि पाइँदैन ? वा कहिलेसम्ममा पेश हुन्छ ?’

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया