शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

पाँचथरमा भिरबाट लडेर वृद्धको मृत्यु

पाँचथर- जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।    

शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएकाे अवस्थामा स्थानीयवासीले फेला पारेका थिए । भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।    
    
 मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।