पोखरी निर्माणमा २४ लाख घोटाला, विशेष अदालतमा मुद्दा

काठमाडौं : चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकामा पोखरी निर्माणको लागि प्राप्त रकम हिनामिना गर्नेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इन्जिनियर कृष्ण प्रसाद कोइराला र असिस्टेन्ट (सहायक) सव-इन्जिनियर लिलाराज भट्टराईले पोखरी निर्माण भइसकेको भनी गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरि स्वीकृत गरेको पूष्टि भएको छ ।
नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन समितिमा बसी लागत अनुमान बमोजिम कार्यसम्पन्न भएकोले भुक्तानीको सिफारिस गरियो भनी गलत प्रतिवेदन पेश तथा जाँचपास गरेको उल्लेख छ । झुठा विवरण बनाई नापी किताब तयार तथा स्वीकृत गरेको अख्तियारले जानकारी दिएको छ । यसका लागि २४ लाख २७ हजार ५४५ रुपैयाँ भुक्तानी दिई चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नविन ढकाल, कोषाध्यक्ष विनिता देवानसँग मिलेमतो गरी आफुलाई गैरकानूनी लाभ पुर्याई सरकारलाई गैरकानूनी हानिनोक्सानी एवं सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको ठहर छ ।

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

प्रतिक्रिया