सुर्खेतमा १५ जनाको पीसीआर परीक्षण गर्दा १० जनालाई संक्रमण

सुर्खेत : सुर्खेतमा १५ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोभिड १९ को सक्रमण पुष्टि भएको छ । पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयले संक्रमित सबैलाई होम आइसोलेसनमा बस्न सुझाब दिएको छ ।
‘हिजो र आज १५ जनाको स्वाब संकलन गरिएकोमा १० जनामा पोजेटिभ दखियो,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले भने, ‘संक्रमण पुष्टि भएकाहरू ८ जना वीरेन्द्रनगरका, २ जना दैलेखका हुनुहुन्छ ।’ वाग्लेले संक्रमितहरू शिक्षक, कर्मचारी र सुरक्षाकर्मी रहेको पनि बताए । संक्रमितहरू लक्षण देखिएपछि परीक्षणका लागि आएका थिए । शिक्षक, कर्मचारी सुरक्षाकर्मीहरू हुन् । सुर्खेतमा अहिलेसम्म चारहजार भन्दा धेरैलाई कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ भने २२ को मृत्यु भएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया