केकी अधिकारी भन्छिन् : ‘सिल्ली फोर’को पात्र मैजस्तो छ

काठमाडौँ- राज बहादुर साने निर्देशित सिनेमा ‘सिल्ली फोर’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउँदै छ । सिनेमामा केकी अधिकारले संघर्ष गरिरहेको एक युवतीको भूमिका निर्वाह गरेकी छन् । सिनेमामा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको केकी बताउँछिन् । सिनेमामा राजाराम पौडेल र रविन्द्र झाको पनि मुख्य भूमिका रहेको छ ।
आइतबार राजधानीमा सिनेमाको एक पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो । कमेडी जनरामा निर्माण भएको सिनेमाको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केकीले आफू जस्तै चरित्र निर्वाह गर्न रमाइलो र सहज भएको अनुभव बाँडेकी थिइन् ।
आइतवार आयोजित कार्यक्रममा केकीले भनिन्, ‘सिनेमामा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । पात्रको संघर्षले मलाई सुरुवातको दिनहरु याद दिलायो । हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले सिनेमामा अभिनय गर्न धेरथोर सहज पनि भयो ।’ सिनेमाले दर्शकलाई नेपालीपन र नेपाली स्वाद दिने विश्वास केकीको छ ।
निर्देशक राजबहादुर सानेले ‘सिल्ली फोर’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् । यो सिनेमाबाट सिकेको कुरा भोलिका दिनमा राम्रो सिनेमा निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ । उनले भने, ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । सिनेमाले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । सिनेमाले नेपाली समाजभित्रको वास्तविक कथा भन्छ ।’
कलाकार द्वय राजाराम पौडेल र रविन्द्र झाले सिनेमामा अभिनय गर्दा रमाइलो भएको अनुभव साट्दै सिनेमा राम्रो बनेको दाबी गरे । सिनेमामा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बर बहादुर विष्ट, सौजन बोहोरा, जयमन बिश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको पनि अभिनय रहेको छ ।
मनोज डिके निर्माता रहेको सिनेमाका सह-निर्माता विशाल श्रेष्ठ हुन् । सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर र मदन बास्तोलाको भीएफएक्स छ । सिनेमालाई सुनील मानन्धरको श्रीराम बालाजी फिल्मसले वितरण गर्दैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया