महंगीमाथि महंगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गर्यो : प्रवक्ता लावती

पाँचथर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि महंगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको ठहर गरेका छन् ।
‘डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपभोग्य सामाग्रीको बजार भाउ आकाशिएको छ । तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महंगीले आम जनजीवन कष्टप्रद बनेको छ,’ प्रवक्ता लावतीले भने ।
‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।
राप्रपा प्रवक्ता लावतीले मौवामा सम्पन्न तुम्बेवा गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो विचार प्रकट गरेका हुन् ।
समाजको हरेक तहमा भ्रष्टाचारले गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण रहेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया