लगातार फ्लप फिल्म दिँदा पनि अक्षयकुमार सलमान र शाहरुखभन्दा अघि

मुम्बई - अक्षयकुमारको सन् २०२२ खासै राम्रो हुने लक्षण देखिएको छैन । उनका हलमा रिलिज दुई फिल्मले निर्माता नराम्ररी डुबाए । सबैभन्दा पहिले १ सय ६५ करोडमा बनेको ‘बच्चन पाण्डे’ले बक्स अफिसबाट ६५ करोड पनि कमाउन सकेन । दोस्रोमा भर्खरै ३ सय करोड हाराहारीमा बनेको ‘सम्राट पृथ्वीराज’ पनि ७० करोड हाराहारीमा अड्किने लक्षण छ ।
यसरी दुई दुई फिल्म डुब्दा पनि भर्खरै भएको एक पोलले भने अक्षयकुमारलाई सन् २०२२ को एक नम्बर अभिनेता घोषणा गरेको छ । आरमेक्स लभ इन्डिया स्टार्सले निकालेको सूचीमा लोकप्रिय अभिनेतामा अक्षयकुमार शाहरुख खान र सलमान खानभन्दा पनि अघि छन् ।
भारतका प्रतिनिधि जनताबीच गरिएको पोलले दोस्रो नम्बरमा शाहरुख खानलाई राखेको छ भने सलमान खान तेस्रो नम्बरमा छन् । यो लिस्टमा आमिर खान भने छैटौँ नम्बरमा परेका छन् । उनको यो वर्ष कुनै फिल्म रिलिज भएनन् । यही साल ‘आरआआर’ र ‘गंगुबाई कठैयावाडी’मा अतिथि भूमिका निर्वाह गरेर पनि चर्चा कमाउन सफल अजय देवगन भने नवौँ नम्बरमा छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया