एमाले सचिवालय बैठक : २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव

काठमाडौं - नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव गरिएको हो ।
उक्त प्रस्तावमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ ।
अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उप महासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया