जी–बब रिहाबमा फर्कने गरी परिवारबीच तीन बुँदे सहमति

काठमाडौँ -बाबु आमाबाट स्वतन्त्रता चाहियो भन्दै प्रहरीमा निवेदन दिन पुगेका जी–बब र परिवारबीच प्रहरीको रोहबरमा तीन बुँदे सम्झौता भएको छ । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम)ले परिवारबीच मोटामोटी तीन शर्तमा सहमति भएको जानकारी गराएका छन् ।
सुरेन्द्रका अनुसार छलफलमा जी–बबका बुबा आमा र कपनमा रहेको रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको बताएका छन् ।
एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको गुरुङले बताए । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा परिवारलाई पनि जानकारी गराउनु पर्ने उल्लेख छ ।
जी–बबलाई एनटीएफले बन्दक बनाएको भन्दै जी–बबका बुबा आमाले प्रहरीमा उजुरी गरेर मिडियामा आएपछि जी–बबले पनि आमाबुबाबाट स्वतन्त्रता चाहिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । यसबीचमा जी–बबले आफ्नै आमाको चरित्रमा आँच आउने किसिमले अन्तर्वार्ता दिएपछि परिवारको विवादले उग्र रुप लिएको थियो । सोमबार प्रहरी परिसरमा मिलापत्रका लागि बोलाएको समयमा पनि जी–बबकी आमाले पुरानो कुरालाई लिएर जी–बबमाथि हात हालेको प्रत्यक्षदर्शीले बताए ।
आमाको यो व्यवहारले रुष्ट भएका जी–बबले बाबु आमा पनि फ्यान जस्तो गरी भेट्न आउन पाउने शर्तमा सहमति जनाएका थिए । जी–बबले परिवारले मायाका लागि भन्दा पनि पैसाका लागि आफूलाई नियन्त्रणमा राख्न चाहेको आरोप लगाएका थिए ।
उता परिवारले भने उसको मानसिक स्वास्थ्य ठीक नभएकाले संरक्षणका लागि आफूसँगै राख्न चाहेको र आफूले विश्वास गरेको रिहाबमा राख्न लागेको बताएका थिए । जी–बबलाई एनटीएफले दुई वर्षका लागि सम्झौता गरेको छ । त्यसमा विभिन्न कार्यक्रमसँगै एउटा एल्बम निकाल्ने सम्झौता रहेको एनटीएफका निमासाङ शेर्पाले बताएका छन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया