‘जोकर’ सिक्वेलमा लेडी गागाको चर्चा

लसएन्जल्स - ‘जोकर’ पर्दामा फर्कने भएको छ त्यो पनि साथीसहित । निर्देशक टोड फिलिप्सले ज्याक्विन फोनिक्सका लागि जोडीको रुपमा लेडी गागालाई लिन लागेको चर्चा छ ।
फिलिप्सले केही दिनअघि मात्र सामाजिक सञ्जालमा ‘जोकर’को स्क्रिप्ट सार्वजनिक गरेका थिए । ‘फोलिय अ डिउक्स’ लग लाइन भएको स्क्रिप्टले अबको कथा मानसिक स्वास्थ्यमा आधारित रहने अनुमान गरिएको छ । टोडले यही स्क्रिप्ट ज्याक्विनले पनि पढिरहेको फोटो सार्वजनिक गरेका थिए । तर निर्माता वार्नर ब्रोज र ज्याक्विनका बीच औपचारिक सम्झौता भने भइसकेको छैन ।
यता लेडी गागाले पनि निर्वाह गर्न लागेको चरित्रको बारेमा थप जानकारी सार्वजनिक भइसकेको छैन । तर अनुमानअनुसार उनले साइकियाट्रिकको भूमिका निर्वाह गर्न लागेको चर्चा छ जोसँग जोकर प्रेममा पर्छ । योबाहेक सिक्वेल म्युजिकल हुने पनि चर्चा छ ।
सन् २०१९ मा सार्वजनिक भएको फिल्मले बक्स अफिसमा अविश्वनीय व्यापार गरेको थियो । हरेक दिन व्यापार विश्लेषकको अनुमानलाई गलत सावित गरेको फिल्मले ‘आर’ रेटिङ पाउने फिल्ममध्ये उत्कृष्ट व्यापार गर्दै चौथो स्थान कब्जा जमाएको थियो । फिल्म अस्करको ११ वटा विधामा मनोनयनमा परेको थियो । टोडले लेडी गागालाई अस्कर दिलाउने फिल्म ‘स्टार इज बर्न’ निर्माण गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया