दीपक–दीपाको ‘तीतो सत्य’का छोरासँग लगनगाँठो कस्दै सुनिशा

काठमाठौँ - ‘तीतो सत्य’मा दीपक राज गिरी र दीपाश्री निरौलाको छोरा बनेर थुप्रै शृंखलामा अभिनय गरेका राज आचार्यले अभिनेत्री सुनिशा बजगाइँसँग विवाह गर्ने भएका छन् । दुवैले यही असार ७ गते विवाह गर्न लागेकी हुन् ।
‘विवाह गर्न लागेको हो ?’ भन्ने इकागजको प्रश्नमा सुनिशाले सहमति जनाइन् । सुनिशाले मंगलबार मात्र यस भनेको फोटो राख्दै विवाहका लागि स्वीकृति दिएको संकेत दिएकी थिइन् । त्योभन्दा अघि पनि उनले साथीको मेहन्दीको तस्बिर राख्दै ‘आइ एम नेक्स्ट’को क्याप्सन राखेकी थिइन् । दुई हप्ता अघि जन्मदिन परेकी सुनिशालाई राज आचार्यसँगै दीपाश्री निरौलाले पनि ‘बुहारी ह्रयाप्पी बर्थ डे’भन्दै सुनिशालाई शुभेच्छा दिएकी थिइन् ।
अभिनय छाडेर पढ्न गएका राजले चार्टर्ड अकाउन्ट सकाएका छन् । राज र सुनिशालाई केही समयदेखि टिकटक भिडियोमा बाक्लै देखिने गरेको थियो । यसैगरि राजले ‘छक्का पञ्जा’ सिरिजबाट अभिनयमा कमब्याक गर्ने चर्चा छ ।
थिएटर पृष्ठभूमिबाट आएकी सुनिषाले केही फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । राज र सुनिशाले केही समयअघि ‘नजिक’बोलको म्युजिक भिडियोमा पनि सँगै अभिनय गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया