दिदीको घरमा आएका भाइको परिवारै मिलेर घाँटी रेटेर हत्या
पर्सा- बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।
शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो ।
उनीहरूमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरासमेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूउपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

प्रतिक्रिया