सांसद विकको प्रश्न– प्रधानमन्त्री कृषि आधुनिकिकरणमा ओलीको नाम मात्रै फेर्ने कि अरु के–के फेर्ने ?
काठमाडौं–नेकपा एमालेकी सांसद विमला विकले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रममा केपी ओलीको नाम मात्रै फेर्ने कि अन्य के–के फेर्ने भनेर कृषि मन्त्रीलाई प्रश्न गरेकी छिन् । उनले बजेटको मन्त्रालयगत छलफलमा कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादवले दिएको जवाफपछि व्यंग्य गर्दै प्रश्न गरेकी हुन् ।
‘प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई परिमार्जन गर्छौँ भन्नु भयो,’ उनले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारले सुरु गरेको हुनाले केपी ओलीको नाम मात्रै फेर्ने हो कि अरु के के फेर्ने हो ? जवाफ चाहियो ।’
यस्तै सांसद विकले किसान पेन्सन कति वर्ष काम गरेपछि पाइन्छ भन्दै प्रश्न उठाएकी छिन् । ‘किसान पेन्सन लोकप्रिय कार्यक्रम ल्याउनुभएको छ,’ उनले भनिन्, ‘कति वर्ष किसान पेशा गरेकालाई किसान पेन्सन दिने हो ? किसानलाई पेन्सन दिन कति पैसा छुट्याउनु भएको छ ?’
उनले मल दिन नसकेको भन्दै यस वर्ष कति प्रतिशत धान उत्पादन बढाउने लक्ष्या सरकारले लिएको छ भन्दै प्रश्न उठाएकी छिन् ।

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया