प्रतिनिधिसभाको कार्यसूचीबाट अर्थमन्त्रालय हटाउन माग

काठमाडौँ - प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ ।
नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गरे ।
`यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइयोस्,` उनले भने, `फेरि हामी एमालेका तर्फबाट उहाँका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौँ, आजको कार्यसूचीबाट यो हटाइयोस्, त्यसपछि मात्रै हामी अरू मन्त्रालयसँग सम्बन्धित कुरामा छलफलमा सहभागी हुन्छौँ ।`
प्रतिपक्ष दलका सांसदको उक्त मागपछि सभामुख अग्निप्रसाद सापकोटाले आफूले सांसदहरुले उठाएको विषयलाई गम्भीरतापूर्वक ध्यानाकर्षण भएको जानकारी गराउँदै बैठक सञ्चालन गरेका थिए । रासस

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

प्रतिक्रिया