संघीयता असफल भएको छैनः सभामुख श्रेष्ठ

मकवानपुर - नेपालको संघीय संरचनाको बारेमा अनावश्यक टिप्पणी भएको प्रति बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले ध्यानाकषर्ण जनाएका छन् । नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरे ।
आज बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।
संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने उनले बताए ।
`संघीयता फेल भयो, संघीयता पास भयो भनेर हचुवाको भरमा भन्ने होइन, बजेटको कुरादेखि सबैमा प्रभावकारिताको मूल्यांकन गरेर अघि बढ्नुपर्छ, यसले भोलिका दिनमा आउने पुस्ता र संसद्लाई शिक्षाको विषयवस्तु बन्नेछ` उनले भने ।
बागमती सरकारको तर्फबाट पनि प्रदेशको काम के कति भयो भन्नेबारेमा बजेट सकिएपछि छलफल गर्ने तयारी भएको उनले बताए । “हामीले गरिरहेको कामहरूको समीक्षा हुन जरुरी छ” उनले भने ।
कार्यक्रममा बागमती प्रदेश सांसद सीता लामाले अपाङ्गता भएका व्यक्तिका लागि प्रदेशले आवश्यक बजेट छुट्याउन नसकेको गुनासो गरिन् । उनले सामाजिक वृद्धि विकास गर्ने कुरा नीतिमा कागजमै सीमित भएको तर बजेटमा आउन नसकेको बताइन् ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया