बागमती प्रदेश सभामा आर्थिक सर्वेक्षण पेस

मकवानपुर - बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८–७९ पेस गरेका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा अर्थमन्त्री जमरकट्टेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८–७९ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रहने अनुमान गरिएकोमा बागमती प्रदेशको अंश सबै प्रदेशको भन्दा बढी अर्थात ३६ दशमलब ९ प्रतिशत रहेको बताए ।
उनले १७ खर्ब ९० अर्ब ६८ करोड रहने अनुमान रहेको बताए ।
बागमती प्रदेशसभाको बैठकमा प्रदेश लोकसेवा आयोग ०७७–०७८ को बार्षिक प्रतिवेदन सहित पाँच वटा प्रतिवेदनहरू पेस भएका छन् ।
बैठकमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७–०७८ को बार्षिक प्रतिवेदन पेस गरेका छन् । बजेट ल्याउने अघिल्लो दिन आज प्रदेश सरकारले पाँच वटा प्रतिवेदनहरू पेस गरेको हो ।
प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
भोली प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि बजेट पेस हुने छ ।

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

प्रतिक्रिया