बिहीबार १२ असार, २०८२
Thursday, June 26, 2025

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसंघको माग

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसंघले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो । 

नेविसंघका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गरेका हुन् ।