माइक्रोसफ्टको 'इन्टरनेट एक्सप्लोरर' आजदेखि बन्द

काठमाडौँ - माइक्रोसफ्टले सन् १९९५ मा माइक्रोसफ्टले इन्टरनेट ब्राउजिङका लागि ल्याएको इन्टरनेट एक्सप्लोरर आजदेखि बन्द भएको छ । २७ वर्षदेखिको इतिहास बोकेको यस ब्राउजर बुधबारदेखि बन्द गर्ने माइक्रोसफ्ट यसअघि नै घोषणा गरेको थियो । आजदेखि यस ब्राउजर प्रयोगकर्ताहरू माइक्रोसफ्ट एजमा पठाइने (रिडाइरेक्ट) कम्पनीले जनाएको छ।
इन्टरनेट एक्सप्लोरर जेनेरेशन जेड भन्दा अगाडि जन्मेका मानिसहरूका लागि इन्टरनेटको गेटवे थियो । त्यस युगमा माइक्रोसफ्टले टेक संसारमा प्रभुत्व जमाएको थियो जसलाई सीडी-रोम प्रयोग गरेर कम्प्युटरहरूमा इन्स्टल गर्नुपर्थ्यो।
माइक्रोसफ्टको बजार प्रभुत्व विन्डोज अपरेटिङ सिस्टमको भागको रूपमा सफ्टवेयरको बन्डलिङको कारण आएको हो । गति केही सुस्त हुँदा पछि आएका मोजिल्ला फायर फक्स, गुगल क्रोम, ओपेरा लगायतले यसलाई निकै पछाडि छोडेका थिए । माइक्रोसफ्टले सन २०२० देखिनै यसमा अपडेट दिन बन्द गरेको थियो ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

प्रतिक्रिया