जबरजस्ती करणीको हदम्याद र गाँजा खेती विधेयकबारे आयोगले अध्ययन गर्दै
काठमाडौँ- संसदमा केही साताअघि छलफल भएको जबरजस्ती करणीको मुद्धामा हदम्यादको प्रावधान र संसद्मा विचाराधीन रहेको गाँजा खेती विधेयकबारे कानुन आयोगले अध्ययन गरिरहेको छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै कानुन तथा न्याय मन्त्री गोविन्द प्रसाद शर्माले यी दुवै विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन आफ्नो मन्त्रालयले कानुन आयोगलाई अह्राएको बताए ।
उनले आयोगले छिट्टै यी विषयमा यथेष्ट अध्ययन गरेर प्रतिवेदन बुझाउने तयारी गरिरहेको बताए । ‘संसद्मा विचाराधीन गाँजा खेतीसम्बन्धी विधेयक र जबरजस्ती करणीसम्बन्धी मुद्धामा हदम्यादको प्रावधान हटाउने वा नहटाउने भन्ने विषयमा अहिले कानुन आयोगले अध्ययन गर्न हामीले अह्राएका छौँ । अन्य मुलुकमा यी कुरामा के प्रचलन छ, नेपालमा कसरी गर्न सकिन्छ कि सकिँदैन भन्ने सन्दर्भमा हामीले अध्ययन गर्न लगाएका छौँ,’ उनले भने, कानुन आयोगले छिट्टै प्रतिवेदन बुझाउँछ ।’

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया