आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटनाः एकको मृत्यु, ८ जना घाइते

फाइल फोटो

प्युठान - प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की रहेका छन् । 

स्वर्गद्वारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

चालक सहित घाइते भएका आठ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।