पालिका र वडा स्तरका अस्पताल निर्माणकाे काम रोकिँदैन : मन्त्री खतिवडा
काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हाल पालिका र वडा स्तरमा बनिरहेका अस्पतालहरूको निर्माणको काम नरोकिने बताएका छन् । मन्त्रालयको विनियोजित बजेटको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।
‘मन्त्रालयले तोकेको कार्यविधि, जमिनका कुरा, डीपीआरका कुरा, पालिकामा हुनुपर्ने आवश्यक निर्णयहरू तपाईहरूले गरेर ल्याउनुभयो भने पालिका र वडास्तरका अस्पताल निर्माणका कामहरू अगाडि बढ्छ ,’ उनले भने, ‘ती काम रोकिदैनन् ।’
उनले पालिका स्तरका ५,१० र १५ बेडका आधारभूत अस्पताल बनाउन मन्त्रालयले १० अर्ब छुट्याइसकेको पनि बताए । ‘धेरै मान्यजीरूले अस्पताल निर्माणसँग गाँसिएका प्रश्न धेरै गर्नुभयो,’ उनले भने, ‘पालिकास्तरका अस्पताल ५, १० र १५ बेडको र वडा स्तरको आधारभूत अस्पताल बजेटमा पनि ती कार्यक्रम निरन्तर छ भनिएको थियो । यसको लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । अपुग भएमा थप बजेट निकासान हुने कुरा अर्थमन्त्रीजीले आश्वस्त पार्नुभएको छ ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया