स्वास्थ्यमन्त्रीलाई योगेश भट्टराईले भने –यो प्रतिनिधिसभा हो, कुस्ती खेल्ने ठाउँ होइन
काठमाडौं–नेकपा एमालेका सांसद योगेश भट्टराईले स्वास्थ्यमन्त्री विरोध खतिवडाले संसदमा दिएको जवाफमा टिप्पणी गर्दै प्रतिनिधिसभा कुस्ती खेल्ने ठाउँ नभएको बताएका छन् । उनले स्वास्थ्य मन्त्रालयको विनियोजित बजेटमाथि बीमामाथि उठेका प्रश्नमा मन्त्री खतिवडाले दिएको जवाफमा टिप्पणी गरेका हुन् ।
‘मान्य मन्त्रीज्यू यो गरिमामय संसद्को पुरानो मान्य सदस्य पनि हो,’ उनले भने, ‘मैले उहाँबाट शिष्टता र मर्यादाको भाषाको अपेक्षा गरेको थिएँ । उहाँले ठीक विपरीत संसदलाई यो प्रतिनिधि सभालाई कुस्ती खेल्ने मैदान जस्तो ठानेर जवाफ दिनुभएको छ । म मान्य स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउन चाहान्छु । यो प्रतिनिधिसभा हो कुस्ती खेल्ने ठाउँ होइन ।’
सांसद भट्टराइले मन्त्री खतिवडासँग झगडा गर्न होइन जवाफ चाहेको बताए । ‘तपाईँ क्विन्टल हुनुहुन्छ होला,’ उनले मन्त्री खतिवडाको जवाफप्रति व्यंग्य गर्दै भने, ‘तर किलोवाला सांसदले तपाईंसँग झगडा गर्न चाहेका होइनन् । जवाफ चाहेका हुन् ।’
उनले अर्थमन्त्रीको बजेट वक्तव्यबाट बीमाको काम कम्पनीबाट हुन्छ भन्ने कुरा हट्यो कि हटेन भन्दै त्यसको जवाफ मागे । ‘हामीले बीमा बीमा भनेका छौँ,’ उनले भने, ‘तपाईँले जवाफ दिनुभयो त्यही केटी चाहिन्छ । चाहे तपाईँलाई नै त्यो प्रसंग लाग्छ जस्तो मलाई लाग्छ । तपाईँले जतिसुकै भनेपनि अर्थमन्त्री जीको बजेट वक्तव्यबाट त्यो हट्यो कि हटेन ? हामीले खोजेको त्यो हो । अर्थमन्त्रीको बजेट वक्तव्यबाट बीमाको काम कम्पनीबाट हुन्छ भन्ने कुरा हट्यो कि हटेन ? तपाईँले जवाफ दिनुहोस् ।’

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया