एसपीपी नेपाललाई स्वीकार्य छैन अमेरिकालाई ‘नो थ्याङ्स’ भन्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको बताएका छन् । शर्माले एसपीपीकाबारे नेपालले अमेरिकालाई ’नो थ्याङ्स’ भन्नुपर्ने बताएका हुन् । आज सामाजिक सञ्जालमा ट्विट गर्दै शर्माले कांग्रेसको धारणा पनि यही बन्ने र कांग्रेस नेतृत्वको सरकारले यही धारणाको प्रतिनिधित्व गर्ने बताए ।
उनले लेखेका छन्, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ - No, Thanks… एसपिपी हामीलाई स्विकार्य छैन ! `काँग्रेसको धारणा यहि बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यहि धारणा प्रतिनिधित्व गर्नेछ l हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’
सरकारले भने एसपीपीका लागि कुनै पनि प्रस्ताव नगरेको स्पष्ट पारेका छ ।
अमेरिकालाई प्रष्ट भन्नुपर्छ - No, Thanks…
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 15, 2022
एसपिपी हामीलाई स्विकार्य छैन !
काँग्रेसको धारणा यहि बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यहि धारणा प्रतिनिधित्व गर्नेछ l हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव
सदैव अस्वीकार्य !

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया