बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने समाजवादीको निर्णय

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले स्थानीय तहको समिक्षा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले व्यापक परिमार्जन सहित समिक्षा प्रतिवेदन पारित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले अन्तिम रुप दिने उनले बताए । बैठकले असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ भने असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बोलाउने निर्णय गरेको खतिवडाले जानकारी दिए ।
बैठकले बजेटका काम सकिएलगत्तै नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले पार्टीको अनुशासन विरुद्ध काम गर्ने १२ जनालाई कारवाही गरेको पनि उनले जानकारी दिए । उनले पार्टी अब आम निर्वाचनको तयारीमा लाग्ने बताए ।
राष्ट्रिय हितको प्रतिकुल हुने कुनै पनि सम्झौता नगर्न सरकारलाई सजक गराउने बैठकले निर्णय गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया