महोत्तरी जिससमा जसपा कांग्रेस गठबन्धन पराजित

महोत्तरी - जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा जसपा÷कांग्रेस गठबन्धनलाई पराजित गर्दै चार पक्षीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लोसपा, एमाले, तमलोपा र स्वतन्त्र समूह गरी चार पक्षीय गठबन्धनले जित हात पारेको हो । आज सम्पन्न मतदानको मतगणना परिणाम अहिले साँझ सार्वजनिक भएको हो ।
जम्मा ३० मतदातामध्ये लोसपाका उम्मेदवार सुमनकुमार लाल कर्णले १६ मत प्राप्त गरी प्रमुख पदमा जित हासिल गरे । उनका प्रतिस्पर्धी जसपाका कृष्णशंक्र साहले १४ मत प्राप्त गरे । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा एमालेका ननु महरा गोलाप्रथाबाट विजयी भएका छन् । महरा र नेकाका धर्मेन्द्रकुमार यादवले बराबर १५/१५ मत पाएपछि गोलाप्रथाबाट उपप्रमुखको नतिजा आएको हो । प्रमुख/उपप्रमुखसहित नौ सदस्यीय समितिका अन्य सातै जना सदस्य चार पक्षीय गठबन्धनका विजयी भएका छन् ।
जम्मा १५ स्थानीय तहका प्रमुख/अध्यक्ष (नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष) एवं उपप्रमुख/उपाध्यक्ष (नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष) गरी ३० मतदातामा जसपाका ११, लोसपाका आठ, नेकाका छ, एमालेका दुई, स्वतन्त्र समूहका दुई र तमलोपाका एक हुन् ।
तर जसपा र नेका गठबन्धनका स्पष्ट १७ जना देखिए पनि सबै मतदान भने दलगत आधारमा नभएको स्पष्ट भएको छ ।

सर्लाहीमा हुरीले ६ जना घाइते

गाडीबाट लडेर युवकको मृत्यु

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

प्रतिक्रिया